Logo

जुही चाहवा बनिन् बलिउडको सबैभन्दा धनी अभिनेत्री

काठमाडौं– पछिल्लो एक दशकमा कुनैपनि हिट फिल्म दिन नसकेकी अभिनेत्री भारतको सबैभन्दा धनाढ्य अभिनेत्री बनेकी छिन् । ९० को दशकमा सर्वाधिक रुचाइएकी अभिनेत्री जुही चावला भारतको सबैभन्दा धनी अभिनेत्री बनेकी हुन् ।

उनको सम्पत्ती ४ हजार ६०० करोड भारु (५८० मिलियन डलर) रहेको छ । पछिल्लो विवरणअनुसार बलिउडमा हालका चर्चित अभिनेत्रीहरुलाई उछिन्दै धनाढ्य अभिनेत्री बनेकी छन् । ‘हुरुन रिच लिस्ट २०२४’ को सूचीअनुसार जुहीको सम्पत्ति शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

९० दशकको सुपरस्टार जुहीले फिल्मबाट पाउने पारिश्रमिकबाहेक व्यापारमा लगानीसमेत गरेकी छिन् । उनको सम्पत्तीको ठूलो हिस्सा व्यवसायसँग नै जोडिएको छ । जुही रेड चिलिज ग्रुपको प्रमुख लगानीकर्तामध्ये एक हुन् । जुही फिल्ममा सहनिर्माताको रुपमा समेत काम गर्छिन् । उनको आईपीएलको कोलकाता नाइट राइडर्ससहित धेरै क्रिकेट टोलीमा लगानी रहेको छ । उनीसँग धेरै घर जग्गाको स्वामित्व छ । उनले आफ्नो करोडपति व्यापारी पति जय मेहता लगायतसँग संयुक्त रुपमा व्यवसायमा पनि लगानी गरेकी छन् ।

जुहीपछि दोस्रो स्थानमा १०० मिलियन डलर (८५० करोड भारु) सम्पतिसहित अभिनेत्री ऐश्वर्या राय छिन् । हलिउड फिल्ममा समेत राम्रो नाम कमाएकी अभिनेत्री प्रियंका चोपडा धनी अभिनेत्रीको सूचीमा तेस्रो नम्बरमा छिन् । उनको ब्राण्ड, फिल्म निर्माण कम्पनी र पारिश्रमिकसहित कुल सम्पत्ति ६५० करोड भारु छ । आलिया भट्ट र दीपिका पादुकोण पनि शीर्ष पाँच धनी अभिनेत्रीमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्