Logo

कतारलाई एक जोडी हात्ती उपहार दिँदै नेपाल

काठमाडौं– नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्