Logo

रविलाईं अनुसन्धानका लागि हिरासतमा राख्न ६ दिन म्याद थप

काठमाडौं– सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न ६ दिन म्याद थप भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थपको लागि आइतबार दिउँसो पेश गरिएको थियो । शुक्रबार अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सोहि दिन राति काठमाडौं वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका थिए ।

पक्राउ लगत्तै लामिछानेलाई अनुसन्धानका लागि पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार अदालत खुलेपछि म्याद थपका लागि पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्