Logo

नेपालमा सुन र चाँदीको भाउले राख्यो नयाँ रेकर्ड

काठमाडौं– पछिल्लो समयमा नेपाली बजारमा सून चाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान राखिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सूनको मूल्य बढेपछि यसको असर नेपालमा पनि देखिएको हो । यसैक्रममा आज सून र चाँदी दुबै धातुले बजारमा नयाँ रेकर्ड बनाएको छ ।

आइतबारको कीर्तिमानी रेकर्डलाई तोड्दै आज बजारमा सुन तोलामा ६ सय रुपैयाँले महँगिएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । आइतबार सुन १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आइतबारको तुलनामा २० रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । आज चाँदी प्रतितोला २०९५ रुपैयाँ पुग्दै अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिँजो चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

मध्यपूर्वी क्षेत्रमा युद्धका कारण पछिल्लो समयमा सूनको मूल्य आकासिएको छ । अबको दुई हप्तामा हुन गइरहेको अमेरिकी राष्ट्रपतिको चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सून चाँदीको भाउ बढीरहेको विश्लेषण समेत भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्