Logo

सरसफाईको काम भन्दै बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौं– काठमाडौंको मुलपानीबाट बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको गोतामेको घरबाट प्रहरीले चार बालिकको उद्धार समेत गरेको छ ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई राख्ने गरेकी थिइन् । तर सरसफाईको काममा नभई बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको हो ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्