Logo

बुधबारबाट पोखरा छाडेर काठमाडौंमा आन्दोलन थाल्ने योजनामा रास्वपा, बालेनको साथ खोज्दै

काठमाडौं–  पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिवेला आन्दोलित छ । गत शुक्रबार साँझ पौने ७ बजे काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई कास्की पुर्याईएको छ। हिजोमात्रै जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी प्रशासनलाई अनुमति दिइसकेको छ।

रास्वपाको आन्दोलन शान्तिपूर्ण भनिएपनि लामिछानेका समर्थकहरुले उच्छृंखल गतिविधि गर्न थालेपनि सो दलका शीर्ष नेताहरु चिन्तित छन् । सभापतिको लागि पार्टीलाई नै सति लाने कुरा शोभनीय नहुने र कानूनी राजको उपहास हुने भएको निश्कर्षसहित उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो कोर टिमसँग आन्दोलनबाट ब्याक हुने विषयमा छलफल चलाएका थिए ।

उनको टिममा आन्दोलनबाट ब्याक हुने मोटामोटी समझदारी बनेपछि लामिछानेका प्रिय पात्र अर्का उपसभापति डिपी अर्यालसँगपनि वाग्लेको छलफल भएको थियो । लगत्तै वाग्ले र अर्यालले सभापति लामिछानेसँग हिरासतमै भेट गरी भावी योजनाबारे संक्षिप्त छलफल गरेको बताईएको छ । सो छलफलमा बुधबारबाट आन्दोलनबाट ब्याक हुने विषयमा तीनै जना नेताबीच समझदारी बनेको बताईन्छ ।

आन्दोलन जारी राख्दा विस्तारै जनसमर्थनपनि गुमाउने र वैकल्पिक राजनीतिको नारा दिने दलले कानूनी शासनलाई आत्मसात नगरेको सन्देश प्रवाह हुँदा पार्टीलाई गम्भीर क्षति पुग्ने नेताहरुको निश्कर्ष छ । उनीहरु बुधबारबाट आन्दोलनबाट ब्याक भएर काठमाडौंकेन्द्रित आन्दोलनको तयारीमा जुट्ने बुझिएको छ । त्यसको लागि रास्वपाको नेतृत्व पँक्तिले सिके राउतदेखि काठमाडौंका मेयर बालेन शाहसम्मलाई सन्देश पठाएर नैतिक समर्थन लिन खोजेको छ ।

लामिछानेले पनि बालेनको साथ र समर्थन खोजेको बुझिएको छ । तर, अहिलेसम्म मेयर बालेन लामिछाने पक्राउ प्रकरणबारे मौन छन् । बालेन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्धमा चिसोपना छ । यस्तोमा बालेनले आफूहरुलाई साथ दिने रवि समर्थकहरुको बुझाई थियो ।

तर, आज सभापति लामिछाने पक्राउ परेको चार दिन बितिसक्दापनि बालेनले कुनै प्रतिक्रिया नदिएपछि भने रास्वपाका समर्थकहरु निराश छन् । उनीहरु पोखराको आन्दोलन तुहिने डरले अब काठमाडौंमा निलो क्रान्तिको नाममा आन्दोलन गर्नतर्फ उद्धत बनेको बुझिएको छ । ाष्भि उजयतय

 

प्रतिक्रिया दिनुहोस्