Logo

वर्तमान सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन सीके राउतले दिए कार्यकर्तालाई निर्देशन

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । हालै बसेको केन्द्रीय सचिवालय बैठकले देशको विषम परिस्थितिलाई दृष्टिगत गरी सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिने निर्णय गरेको हो ।

कांग्रेस एमाले नेतृत्वको सरकार जनमुखी भन्दा पनि पार्टी स्वार्थमा लागेको भन्दै जनमतले आन्दोलनमा जाने निर्णय गरेको हो। दुई ठूला दल मिल्दा जनताको काम सहज होला भन्ने विश्वासले सय दिनसम्म वर्तमान सरकारको काम हेरेको जनमत पार्टीले जनाएको छ । तर सरकार पार्टी फुटाउने चलखेलदेखि नयाँ दललाई सक्ने गतिविधिमा लागेको भन्दै आन्दोलनका लागि पर्खन नहुने निश्कर्षमा पुगेको पार्टीका प्रवक्ता डा.

राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिइएको उनले बताएका छन् । जनमतले गत जेठ १५ गते घोषणा गरेको नौलो गणतन्त्रको औचित्य पुष्टि गर्ने बेला आएको उनले बताएका छन् । यहि आन्दोलन मार्फत संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि देशभर दवाव सिर्जना गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्