काठमाडौं– सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन् ।
मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो । तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन् । राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन् ।
राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ । कतिपयले मधेश सरकारको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र एमालेबीच छलफल भएको छ ।हिजोको बालुवाटारको भेटवार्तामापनि यो विषयमा छलफल भएको बताईन्छ ।
प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ । अहिले उपेन्द्र यादव केन्द्र सरकारकै पक्षमा छन् । उनले सरकारलाई विश्वासको मत दिएका छन् । तर, केन्द्र सरकारमा सहभागी छैनन् ।
प्रतिक्रिया