Logo

आज पनि सुन र चाँदीको मूल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहँदा मंगलबार
पनि नयाँ रेकर्ड बनेको छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । हिँजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको उक्त मूल्य पनि बजारमा नयाँ किर्तीमान हो ।

प्रतिक्रिया दिनुहोस्