Logo

दीपक–दीपाको कम्पनी बन्यो एक अर्ब कमाउने पहिलो नेपाली निर्माता कम्पनी

काठमाडौं– दीपक–दीपाको आमा सरस्वती मूभिज १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी बनेको छ। कम्पनीले हालसम्म निर्माण गरेको ८ फिल्मको कूल कमाइ एक अर्ब नाघेसँगै १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी बनेको हो ।

दिपक र आमा सरस्वती मूभिज १ अर्ब रुपैयाँ कमाउने पहिलो नेपाली फिल्म निर्माता कम्पनी बनेको छ । यसले निर्माण गरेका ८ फिल्मको कूल कमाइले उक्त आँकडा पार गरेको जनाइएको छ ।

हाल यस कम्पनीद्वारा निर्मित फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शनरत छ। रिलिजको दशौं दिन शनिबारसम्म ‘छक्कापञ्जा ५’को कमाइ जोड्दा फिल्मले सय करोडभन्दा धेरै कमाउने कम्पनीको कीर्तिमान रचेको हो।

‘छक्कापञ्जा ५’को दशौं दिनसम्म कमाएको १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

‘छक्कापञ्जा’ले १६ करोड, दोस्रो शृङ्खलाले १४ करोड, तेस्रो शृङ्खलाले २० करोड, चौंथो शृङ्खलाले १९ करोड ग्रस कलेन्सन गरेको छ । यस्तै कम्पनीले नै निमार्ण गरेको ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड कमाइ गरेको आमा सरस्वती मूभिजले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्