Logo

विवादित पशुपति गौशाला धर्मशालाको अध्ययन गर्न ६ सदस्यीय समिति गठन

The Best Replica Cartier Watch Online.Here are huge number of 1:1 AAA high quality Cartier replica watches for your selection.

काठमाडौं– सरकारले पशुपति गौशाला धर्मशालाको यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो।

पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा गठन गरिएको समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून मन्त्रालय, पुरातत्व विभाग, र संस्कृति शाखाका उपसचिवहरू रहेका छन्। समितिलाई गौशाला धर्मशालाको अवस्थाबारे गहन अध्ययन गरेर आवश्यक सुझावसहित एक महिना भित्र प्रतिवेदन पेश गर्ने समय तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्