Logo

रवि लामिछाने भोली रिहा हुनेमा रास्वपाका नेताहरु विश्वस्त

Omega Replica

We sell the best omega replica watches and offer free shopping worldwide.

Buy 1:1 quality replica watches uk at thecomedypub.co.uk.

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पहिलोपटक थपिएको म्याद भोलि बुधबार सकिँदैछ । रास्वपाको नेतृत्व पँक्ति भने सभापति लामिछाने भोलि नै रिहा हुनेमा विश्वस्त छन् ।

रास्वपाका प्रमुख सचेतकसमेत रहेका नेता सन्तोष परियारले त सार्वजनिक रुपमै लामिछाने भोलि रिहा हुने दाबी गरिसकेका छन् । परियारमात्रै नभएर रास्वपाका पूरै नेतृत्व पँक्ति सभापति लामिछानेलाई भोलि नै रिहा गरिनेमा विश्वस्त छ ।

परियारले सभापति लामिछानेलाई अदालतले रिहा गर्नेबारे यस्तो दाबी गरेका थिए,‘अदालतप्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ । बुधवार कास्की अदालतले रवि लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्ने केही छैन भनेर छाड्छ भन्ने विश्वास छ । अदालत प्रति विश्वास्त छौं, अन्यायको विरुद्ध बोल्न केही बाहिरबाट कार्यकर्ताहरु आउनुभएको छ । तर बाहिर भनेजस्तो सबै साथीहरु बाहिरबाट आउनुभएको छैन । पोखरा रवि लामिछानेको पक्षमा एक दिन जुरुक्क उठ्नेछ । सरकार विरुद्ध लाग्नेछ । हाम्रो विश्वास अदालतप्रति छ तर सरकारप्रति छैन ।’

भोलि पहिलोपटक थपिएको म्याद सकिँदैछ । प्रहरीले म्याद थपको लागि भोलि पनि जिल्ला अदालत पेश गर्नुपर्नेछ । यस्तोमा अदालतबाट म्याद नहुनेमा रास्वपाको नेता तथा कार्यकर्ता पँक्ति विश्वस्त रहेको बुझिएको छ । तर, सरकारले लामिछानेविरुद्ध संगठित अपराधमा पनि कारबाही अघि बढाउन खोजेको छ।

सहकारी ठगीको सवालमा पनि एउटै प्रकरणमा पक्राउ परिसकेका छविलाल जोशीलाई पोखराबाट बुटवल ल्याईएको छ । रविलाईपनि कास्की रुपन्देही हुँदै काठमाडौंसम्म बयानको लागि डुलाउने सरकारी अधिकारीको तयारी रहेको छ ।

लामिछाने पक्राउ परेलगत्तै रास्वका नेता तथा कार्यकर्ता भने यतिवेला पोखराकेन्द्रित आन्दोलनमा छन् । उनीहरुले सरकारले प्रतिशोध साँधेर आफ्नो सभापतिलाई पक्राउ गरेको निश्कर्ष सुनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्