Logo

मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गर्ने तयारी

Looking to purchase excellent replica watches? Check out replicaomega.io to discover reputable sellers.

rolex replica expert website sells the best replica watches worldwide, and you can get top quality fake Rolex at a cheaper price.

Browse rolexreplicauk.me to discover the finest selection of replica Rolex Daytona watches, meticulously crafted with exceptional attention to detail.

काठमाडौं– ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ ।

सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको सिआईबिका एक अधिकारीले जानकारी दिएका छन् ।

सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्ने तयारी गरेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन् ।

सहकारीको प्रबन्ध निर्देशक रहेकी गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेका हुन् ।

तर सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।

अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । बर्दिया घर भएका भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ र भण्डारी,सहित सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्