Logo

प्यारालाइज भएको ६ वर्षसम्म हेरचाह गरेकी श्रीमतीलाई निको भए छाडेर श्रीमानले गरे अर्को विवाह

एजेन्सी– कार दुर्घटनामा परेर ओछ्यानमा थलिएका श्रीमानको ६ वर्षसम्म हेरचाह गरेकी एक मलेसियाली महिलाका श्रीमानले निको भएपछि अकै सँग विवाह गरेका छन् । नुरुल स्याजवानी नाम गरेकी महिलालाई उनका श्रीमानले सम्बन्ध विच्छेद गरेर अर्को महिलासँग विवाह गरेका हुन् ।

नुरुलले वर्षौँदेखिसामाजिक सञ्जालमा आफ्नो विरामी श्रीमान्को हेरचाह गरेको तस्विर, भिडियोहरु सेयर गर्दै आएकी थिइन् । हलचल गर्न नसक्ने गरि ओछ्यानमा परेका श्रीमानलाई नासोग्यास्ट्रिक ट्यूबबाट खाना खुवाउने, डायपर परिवर्तन गर्ने र नुहाउन मद्दत गर्ने जस्ता काम उनले गर्थिन् ।

नुरुलका श्रीमान् कार दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई दुर्घटना अघि जस्तैगरि हिँड्न छ वर्ष लागेको थियो जुन समयमा उनले श्रीमतीको निकै राम्रो साथ पाएका थिए । नुरुलले श्रीमानका लागि गरेको सेवा देखेर उनलाई सामाजिक सञ्जालमा धेरैले फलो गरेका थिए । उनलाई फेसबुकमा मात्रै ३२ हजार बढी फ्यानले फलो गरेका छन् । यसैक्रममा नुरुलले आफ्नो पूर्व पति र उनको नयाँ श्रीमतीलाई बधाई दिँदै सामाजिक सञ्जालमा तस्बिर सेयर गरिन् । जसपश्चात उनलाई फलो गर्नेहरु स्तब्ध बनेका थिए ।

उनले सामाजिक सञ्जालमा श्रीमानलाई बधाई दिँदै लेखेकी थिइन्, ‘मेरो श्रीमान्लाई बधाई छ, म आशा गर्छु कि तपाईले रोजेको व्यक्तिसँग खुसी हुनुहुन्छ होला । आइफा आइजम कृपया मैले जस्तै उनको राम्रो हेरचाह गर्नुहोला । मेरो उहाँसगको सम्बन्ध सकिएको छ । अब सम्हाल्ने पालो तपाईको ।’ उनले उक्त पोष्ट हाल डिलिट गरेकी छिन् ।

कतिपय प्रयोगकर्ताले नुरुलको त्यास र सेवालाई उनका श्रीमानले कसरी त्याग्न सक्छन् भन्दै यो खबर मान्न तयार भइरहेका छैनन् । आफ्नो ओछ्यानमा परेको श्रीमान्लाई छ वर्षसम्म दिनरात नभनि हेरचाह गर्ने श्रीमतीलाई शरिरमा बल आउने बित्तिकै छाडेर अर्को सँग विवाह गरेको भन्दै नुरुलका फलोअर्सले निराशा व्यक्त गरेका छन् ।

उनको यो पोस्टपछि फ्यानहरूले पूर्व पति र उसको नव दुलहीको निकै आलोचना गरेका थिए । आफ्नो श्रीमानले आफ्ना सारा जिम्मेवारी निभाएको भन्दै पूर्व पति र उसको नव दुलहीलाई जथाभाबी नभन्न नुरुलले आफ्ना फ्यानलाई अनुरोध गरेकी थिइन् । पूर्व श्रीमानको बारेमा नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक सञ्जालबाट फोटो हटाउँदै उनले श्रीमान र उनकी नव दुलहीसँग माफिसमेत मागेकी छिन् । उनले आफ्ना फ्यानहरूलाई जे भयो त्यसका लागि पूर्व पतिलाई दोष दिन बन्द गर्न समेत आग्रह गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्