Logo

रिलिजअघि नै पुष्पा २ ले गर्यो १० अर्ब भारु ग्रस कलेन्सन

एजेन्सी– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्ममध्ये एक हो ।

पुष्पा द राईजलाई अत्यधिक मन पराएका दर्शकहरु यो फिल्म कहिले हलमा लाग्ला भनेर कुरिरहेका छन् । ‘पुष्पाः द राइज’ मार्फत अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए । अब उनी ‘पुष्पा २ः द रुल’बाट बक्स अफिसमा राज गर्ने तयारीमा छन् ।

पुष्पा २ ले प्रदर्शनमा आउनुभन्दा अगाडी नै रेकर्ड तोड्न थालेको छ । यो फिल्मले रिलिज अघि नै १० अर्ब ८५ करोड भारुको टोटल कलेक्सन गरिसकेको छ ।

सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार फिल्मको थ्रिएट्रिकल अधिकार ६ अर्ब ४० करोड भारुमा बिक्री गरिएको छ । यसका साथै, फिल्मले ठुलो डिजिटल सम्झौता पनि गरेको छ, जसमा २ अर्ब ७५ करोड भारुमा नेटफ्लिक्सले गरेको राइट्स खरिद पनि छ ।

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’को समग्र प्रि–रिलिज ब्यापार हेर्दा फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तर भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड, ३० करोड भारु कमाएको छ । कर्नाटकमा ३० करोड, केरलमा २० करोड, उत्तर भारतमा २० करोड र विदेशी बजारमा १४० करोड कमाएको छ । यस बाहेक फिल्मको म्युजिक राइट्स ६५ करोड र स्याटेलाइट राइट्स ८५ करोडमा बिक्री भएको छ । चलचित्रले आफ्नो गैर–थिएटर अधिकारबाट ४ अर्ब २५ करोड भारु करोड कमाएको छ ।

बलिउडमा कुनै पनि फिल्मले प्रदर्शन अघि यति ठुलो कलेक्सन हासिल गरेको छैन । फिल्म रिलिज हुन अझै ४५ दिन बाँकी छ । फिल्म रिलिज भएपछि झनै कति धेरै कीर्तिमानहरू तोड्ला कल्पना गर्न सकिन्न । ‘पुष्पा २ः द रुल’ यही डिसेम्बर ६ मा विश्वभरका हलमा रिलिज हुँदैछ ।

यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका छन् भने मिथ्री मुभि मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन् । चलचित्रमा टी–सिरिजको सङ्गीत छ ।

 

प्रतिक्रिया दिनुहोस्