Logo

बलिउड फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिँदै यश

मुम्बई– निर्देशक नितेश तिवारीले बनाइरहेको ‘रामायण’ मा साउथका सुपरस्टार यशले रावणको चरित्र खेल्ने पुष्टी गरेका छन् ।

हालै हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा उनले दर्शकले आफ्नो काम मनपराउनेमा आशावादी रहेको समेत बताउका छन् । उनले अन्तर्वातामा भने, ‘रावणको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर छ । एक अभिनेताको हैसियतमा म उत्साहित छु र यसमा काम गरिरहेको छु । मलाई आशा छ कि मानिसहरूले मेरो दृष्टिकोणलाई अद्वितीय पाउनेछन्।’

निर्देशक नितेश तिवारीले अहिले रणवीर कपुर र साई पल्लवीलाई लिएर फिल्म निर्माण गरिरहेका छन् । रामायणका पहिले रणवीर, त्यसपछि यश र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको उनले खुलासा गरेका छन्।

उक्त अन्तर्वातामा यशले आफ्नो सबैभन्दा चर्चित फ्रेन्चाइज ‘केजीएफ’को बारेमा पनि कुरा गरेका छन् । ‘केजीएफ–३’ को अपडेट दिँदै उनले भने, ‘हामीलाई थाहा छ कि मानिसहरू रकी भाइलाई पुन हेर्न चाहन्छन्। म र केजीएफका निर्देशक प्रशान्त यस विषयमा छलफल गरिरहन्छौँ । जब समय सही हुन्छ, हामी निश्चित रूपमा ठूलो चीजको साथ आउनेछौं। हाल, म मेरा दुई परियोजनाहरू ९ुटक्सिकु र ुरामायणु० मा ध्यान केन्द्रित गर्दैछु।’

 

 

प्रतिक्रिया दिनुहोस्