Logo

बोलेरो दुर्घटनामा परेर चाललको घटनास्थलमा नै मृत्यु

काठमाडौं– ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ माझखोलामा भएको दुर्घटनामा परेर चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछानेको मृत्यु भएको हो ।

माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्