Logo

सरकारले बढायो वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको छ ।

सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बनाएको हो । यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै क्षतिपूर्ति रकम बढाएको हो । बिरामी भई उपचार खर्च पाएपछि मृत्यु हुनेहरूलाई पनि क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ उपलब्ध गरिने उनले बताएका छन् ।

उनले भने, “बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ ।’

विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई वर्क परमिट उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्