Logo

रवि, छवि र पछाईंलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने

काठमाडौं– सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज म्याद थपको अनुमतिका लागि कास्की जिल्ला अदालत लगिँदै छ । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ ।

पक्राउ परेकासँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका लागि आज अदालतमा पेस गरिन लागेको हो ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्