Logo

सुर्खेतमा गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–८ हुड्केमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको भने कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

२९ जना यात्रु सवार रहेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्