Logo

रविलाई थप ७ दिन हिरासतमा राख्न म्याद थप

फाइल तस्बिर

काठमाडौं– सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका निम्ति गएको शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भनेर पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्