Logo

कञ्चनपुरमा दम्पतीको हत्या

कैलाली– कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक दम्पतीको हत्या भएको छ । गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या भएको हो ।

धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । श्रीमान्को टाउको फुटेको अवस्थ र श्रीमतीको शव खाटबाट तल झरेको अवस्थामा फेला परेको छ । यस्तै घरको आँगन रक्ताम्मे छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्