Logo

आठ विकेट खर्चिदा एक रनमात्र बनाउन सफल

एजेन्सी – क्रिकेट खेलमा जुनसुकै बेला जेसुकै हुनसक्छ भन्ने उदाहरण अष्ट्रेलियाको घरेलु क्रिकेटमा भएको पछिल्लो खेलमा देखिएको छ । क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको खेलमा छोटो समयमा नै खेलको दिशानै परिवर्तन हुनसक्छ भन्ने दृश्य उक्त खेलले देखाएको हो ।

शुक्रबार अस्ट्रेलियाको घरेलु ५० ओभरको प्रतियोगिता भइरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट लिस्ट ए को मान्यता प्राप्त वान डे कप अस्ट्रेलियामा खेलमा मोमेन्टम पाएपछि बलर यति हावि भएकी की लगातार ८ विकेट एकैपटक झर्यो ।

शुक्रवार पर्थमा भएको खेलमा तास्मानियाविरुद्ध वेस्टर्न अस्ट्रेलियाले ब्याटिङ गरिरहेको थियो । वेस्टर्न अस्ट्रेलियाले १५ ओभरमा दुई विकेट गुमाउँदै ५२ रन जोडेको थियो । तर एक रन जोडेर ५३ रन बनाउँदा यो टोली अल आउट भइसकेको थियो ।

तास्मानियाका फास्ट बलर ब्यू वेबस्टर र बिली स्टानलेकले वेस्टर्नको लगातार ८ विकेट लिएका थिए । वेस्टर्नका पछिल्ला ७ खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

वेस्टर्न अस्ट्रेलियाका लागि ओपनर डार्सी सर्ट र क्यामरुन ब्यानक्रफ्ट मात्र दोहोरो अंकमा रन बनाए । डार्सी सर्टले २२ र क्यामरुनले १४ रन बनाएका हुन् ।

वेबस्टरले ६ ओभरमा १७ रन खर्चेर ६ तथा स्टानलेकले ७.१ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । ५४ रनको सामान्य लक्ष्य तास्मानियाले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

प्रतिक्रिया दिनुहोस्