Logo

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

काठमाडौं– पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसमेत हिरासतमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्