Logo

दर्शकको सुझाव मान्दै नीता र हरिहरले फेर्न भए ‘ह्रस्व दीर्घ’मा ब्रम्हनन्दमको डविङ आवाज

काठमाडौं– नायिका नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका दक्षिण भारतका चर्चित हास्य कलाकार ब्रम्हनन्दमको डविङ आवाज परिवर्तन हुने भएको छ । फिल्मको टिजर सार्वजनिक भएपछि ब्रम्हनन्दमको डविङ आवाज सुहाउँदो नभएको भन्दै आलोचना भएपछि फिल्मले सुहाउँदो आवाजमा डविङ गर्न लागेको हो ।

दर्शकहरुको प्रतिक्रियालाई मध्यनजरग गर्दै ब्रमानन्दको आवाजसँग मेल खाने गरि फिल्म ल्याउन लागेको चलचित्र निर्माण टिमले जनाएको छ । अब ब्रम्हनन्दमको आवाजमा सुहाउने गरि डविङ परिर्वतन गर्न लागिएको फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले बताएकी छन् । फिल्मको टिजरमा धेरै दर्शकहरुले ब्रमानन्दमको आवाजलाई परिवर्तन गर्न सुझाव दिएपछि दर्शकहरुको सुझावलाई मध्यनजर गर्दै परिवर्तन गर्न लागिएको उनले बताएका हुन् । अब ट्रेलर र फिल्म नै परिवर्तन गरिएको आवाजमा आउने उनले जानकारी दिएकी छिन् ।

दुई हप्ता अघि सार्वजनिक फिल्मको टिजरअनुसार फिल्ममा एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई व्यक्तिबिचको प्रेम कथा प्रस्तुत गरिएको छ। २ मिनेट ८ सेकेन्डको टिजरमा यो जोडीको प्रेम सम्बन्धमा आइपर्ने बाधा र संघर्षलाई प्रस्तुत गरेको देखाइएको छ । टिजरमा एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई व्यक्तिबिचको प्रेमसम्बन्ध रहेको कथावस्तुमात्र खुलाइएकाले फिल्ममा सस्पेन्स थपिएको छ ।

फिल्मको टिजरअनुसार मुख्य भूमिकामा नीता ढुङ्गाना र हरिहर अधिकारी छन्। नायिका रेखा थापा माताको भूमिकामा देखिएकी छिन्। फिल्ममा गरिमा शर्मा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकार लगायतका नेपाली कलाकारका साथै भारतीय कलाकारको पनि अभियन रहेको छ । भारतीय कलाकार प्रदीप रावत, ब्रम्हनन्दम, अलिलगायतले फिल्ममा अभिनय रहेको छ ।

नीता फिल्म्सको प्रस्तुतिमा फिल्मलाई नीता ढुंगानाले निर्माण गरेकी हुन् भने सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्मको पटकथा हरिहर अधिकारीले लेखेका छन् । टिजर सार्वजनिक भएसँगै फिल्ममा बाक्लो सङ्ख्यामा भारतीय कलाकारको उपस्थिती, फरक कथावस्तु तथा सस्पेन्सका कारण यो फिल्मको चर्चा समेत चुलिएको छ । साउथका चर्चित कलाकारलाई लिएर ठुलो बजेटमा फिल्म बनाइएको भन्दै फिल्मले तारिफ समेत बटुलिरहेको छ । नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउन लागेको फिल्म कात्तिक ३० गतेदेखि विश्वभर एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्