Logo

यो खबरदारीसभा रवि लामिछानेलाई बचाउन भनेर प्रचार गरियो, हरहालतमा रविलाई बचाउनैपर्छ भन्ने केपी ओली हो : प्रचण्ड

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीले आयोजना गरेको आजको खबरदारीसभा रवि लामिछानेलाई बचाउनको लागि भनेर गरिएको प्रचारको खण्डन गरेका छन् । उनले आफूहरु दोषी कोही बच्न नहुने र निर्दोष कोही फस्न नहुनेमा सचेत रहेको स्पष्ट पारे ।

उनले भने,‘यो खबरदारी सभा रवि लामिछानेलाई मुद्दाबाट बचाउन भनेर प्रचार भएको छ । हामीले बडो प्रष्ट भनेका छौं । दोषी कोही बच्नुहुँदैन, निर्दोष कोही फस्नुहुँदैन् । सबै सहकारी पीडितले न्याय पाउनुपर्छ । मैले सरकारको नेतृत्व गर्दा सहकारी पीडितको पक्षमा न्यायको लागि ५०औं बैठक सिंहदरबारमा राखेका छौं । संसद्मा छानबिन समिति बनाउन उचित हुन्छ, यो कुरा मैले राखेको हो । रवि लामिछानेको कुरा चलिराखेको थियो । रविले बन्नुपर्छ भनेको हो । छानबिन समिति बन्नुहुँदैन भन्ने केपी ओली हो । हरहालतमा रविलाई बचाउनै पर्छ भन्ने केपी ओली हो । तर, अहिले सरकारले जे रवैया अपनाएको छ, त्यसमा हाम्रो आपत्ति छ । त्यही प्रतिवेदनमा गम्भीर गल्ती भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई, कांग्रेसका नेतालाई केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले गिरफ्तार गर्ने कुरा बेठिक छ । प्रचण्डले कसैलाई बचाउन यो विरोधसभा गरेको होईन । प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकार, भ्रष्टाचारको मुद्दामा प्रचण्डपनि देखियो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो । माओवादीको मान्छे पर्यो भनेपनि नछोड्नु भन्ने मै हो ।’

प्रतिक्रिया दिनुहोस्