Logo

पूर्वराज्ञा ज्ञानेन्द्र शाहसँग भेट नगरेको प्रचण्डको स्पष्टीकरण, बदनाम गर्न भ्रामक कुरा गरिएको दाबी

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भाटभटेनीका मािलक मीनबहादुर गुरुङ एमालेको भन्ने कुरा स्वयम एमाले अध्यक्ष केपी शर्मा ओलीले भनिसकेपछि आफू खुशी भएको बताएका छन् । उनले यसअघि भाटभटेनी नै प्रचण्डको हो भनेर लाग्ने गरेको आरोपबाट हैरान भएको सुनाउँदै अहिले भने त्यो आरोप ओलीलै स्पष्ट पारिदिएको बताए ।

आज (शनिबार) काठमाडौंमा माओवादीले आयोजना गरेको खबरदारीसभामा बोल्दै प्रचण्डले भने,‘भाटभटेनी भन्ने प्रचण्डको भन्ने आरोप थियो, अब हाम्रो सरकारले मिनबहादुर गुरुङलाई गिरफ्तार गर्दापनि हैरान, अहिले केपीजीले क्लियर गरिदिनुभयो । त्यसको शेयर होल्डर तपाईं रहेछ, मीनबहादुर एमालेकै हो भन्नुभयो । प्रचण्डको होईन भन्ने कुरा क्लियर गर्नुभयो । हामी खुशी छौं ।’

उनले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको भनेर हल्ला गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले आफूलाई बदनाम गर्न गलत हल्ला फैलाईएको भन्दै खेद प्रकट गरे । उनले भने,‘रवीन्द्र मिश्रले एउटा कार्यक्रममा सँगै हुँदा, मसँग भेटौं भन्नुभयो । पूर्व पत्रकार भएको नाताले मैले भेट दिएँ, त्यसको पनि प्रचार भयो । अहिले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्यालहुईँया छ । झापामा भेट्यो भनेर एकथरीले भने, अर्को वरिष्ठ पत्रकार किशोर नेपालले ज्ञानेन्द्र शाहलाई भेटे भनेर लेखिदिनुभएछ । भ्रामक र झुट कुरा हो । मैले भेटेको छैन् । मलाई बद्नाम गर्न ज्ञानेन्द्र भेट्यो भनेर भनियो ।’

प्रतिक्रिया दिनुहोस्