Logo

रास्वपाले माइतीघरमा आज पनि आन्दोलन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सडक आन्दोलन गर्ने भएको छ । माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने रास्वपाले आन्दोलन गर्ने जानकारी दिइएको हो ।

दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार शनिबार बसेको हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णयअनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि त्यसको विरोध गरिरहेको पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ । यसअघि पोखरामा रास्वपाले आन्दोलन गरेको थियो । रविलाई हिरासतमा राख्न कात्तिक १५ गतेसम्मको म्याद थप गरेपछि शुक्रबारदेखि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।

लामिछाने पक्राउलाई ‘दुई तिहाइको दम्भ’ भन्दै शुक्रबार रास्वपाले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर’, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’ जस्ता प्लेकार्ड बोकेका प्रदर्शनकारीले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्