Logo

एकैदिन १४ सय रुपैयाँले बढ्दै सुनको मूल्यको नयाँ कीर्तिमानी रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सुनको मूल्यमा तोलामा १४ सय रुपैयाँले बढेर सूनको भाउको नयाँ कीर्तिमान कायम भएको हो । आइतबा सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज भाउ बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्