Logo

जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी

नवलपुर– जंगली च्याउको तरकारी खाँदा नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना बिरामी परेका छन् ।

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

धनमायाले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति राजवंशी परिवारमा पाकेको थियो । सो तरकारी खाएपछि उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो ।

बिरामी परेका सबैको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्