Logo

सरकारी वकिलको कार्यालयमा रविको वयान लिइँदै

फाइल तस्बिर

पोखरा– रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ लामिछानेलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा समेत अनुसन्धान गरिरहेको छ ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्