Logo

पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

काठमाडौं– पेस्तोलसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो । उनी काठमाडौंको रानीवारीबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्