Logo

सपनालाई रेकर्ड गरेर हेर्न मिल्ने मेशिन बनाइरहेका छन् जापानका वैज्ञानिकहरु

एजेन्सी– प्राय निद्राको समयमा देखिने सपना धेरै समयसम्म याद गर्न सकिन्न । तर एकपटक कल्पना गर्नुहोस् त सपनामा देखिएका कुरा चलचित्र जस्तै गरेर विपनामा पनि हेर्न सकियो भने कस्तो होला?

सुन्दा नै असम्भव लाग्ने यस अवधारणालाई वास्तविक बनाउन लागि परिरहेका छन् जापानका वैज्ञानिकहरु । जापानका एक वैज्ञानिकले यस्तो एमआरआई मेसिन बनाइरहेको छ जसले सपनाहरु रेकर्ड गरेर पुन प्ले गर्नसक्नेछ । यस आविस्कारले मानिसको दिमाख र सपनाहरूको रहस्यमय संसारलाई कसरी बुझ्ने भनेर क्रान्ति गर्न सक्ने समेत विश्वास गरिएको छ ।

यस्तो अद्भुत मेशिन बनाइरहेका वैज्ञानिक हुन् क्योटो विश्वविद्यालयका न्यूरोसाइन्टिस्ट डा. युकियासु कामितानी । उनको टोलीले मस्तिष्कबाट भिजुअल इमेजहरू डिकोड गर्न र मानिसले हेर्न मिल्नेगरि पुनः निर्माण गर्न प्रयोग गरिने एमआरआई प्रविधिको सिर्जना गरेको छ ।

सपना–रेकर्डिङ मेसिनले एमआरआईको प्रयोग गरेर मस्तिष्कमा भएको रक्त प्रवाह मापन गर्छ । जसले मस्तिष्क गतिविधिमा भएकोपरिवर्तनहरू पत्ता लगाउँछ। जब तपाइँ सपना देख्नुहुन्छ । मस्तिष्कमा विशिष प्रकारका ढाँचा तयार हुनुन्छ । विशेष गरी भिजुअल कोर्टेक्समा त्यस्ता इमेजहरु प्रशोधन हुन्छ ।

एमआरआई मेशिनले ती ढाँचाहरु क्याप्चर गर्छ । र उन्नत एआई एल्गोरिदमहरू तिनीहरूलाई दृश्य प्रतिनिधित्वहरूमा डिकोड गर्न प्रयोग गरिन्छ। हाल एआई मस्तिष्कमा हुने गतिविधिबाट तस्बिरहरू बनाउन सक्ने भइसकेको छ । जसले हाम्रो दिमाखको आँखाले देखेको दृश्यलाई वास्तविक आखाले देख्ने दृश्यमा परिणत गर्दछ ।

यसरी पुन निर्माण गरिएको सपना कुनै हलिउड फिल्म हेरेजस्तो गुणस्तरीय भिजुअल क्वालिटिको हुदैन । तर यो निद्रामा देखिएको सपनाको अमूर्त संस्करण हो।

यो टेक्नोलोजी हाल प्रारम्भिक चरणमा नै रहेको छ । तर यसको खोजले मस्तिष्कले कसरी सपनाहरू निर्माण गर्दछ भनेर बुझ्नको लागि एक उल्लेखनीय छलांग रहेको टिप्पणी हुने गरेका छन् ।

सपनालाई पुन हेर्न सकिने यस अवधारणा सुन्दा जति रोमाञ्चक छ । सपनालाई पूर्ण रुपमा विपनामा पनि महसुस गर्न त्यतीनै चुनैती पनि छ । एआईले निर्माण गरिदिने सपनाका तस्बिरहरु मानिसले देखेको जस्तै ठ्याक्कै नमिल्न सक्छन् । एआईको निश्चित सिमाहरुमा यो तयार हुनेहुँदा भिजुअलहरू धमिलो, अपूर्ण, वा आंशिक रूपमा मात्र सही हुन सक्छन् ।

एआईले सपनामा देखिएको दृश्यलाई पुन निर्र्माण गर्नेगरि बनाउने बताइएको छ । तर मानिसहरुले सपनामाभावना, आवाज र विचारहरुसमेत महसुस गरेका हुन्छन् । केबल दृश्यमा मात्र सपनालाई पूर्ण रुपमा पुन निर्माण गर्न सक्दैन । त्यस्तै सपनामा देखिएका कुराको गोपनीयताको पनि प्रश्न उठेको छ । मानिसको सपनामाथी कसको स्वामित्व रहने भन्ने प्रश्न खडा भएको हो । यस्तै मानिसहरूको अवचेतन दिमागबाट जानकारी निकालेर गलत प्रयोग गरिन्छ की भनेर वैज्ञानिकहरू र नैतिकतावादीहरूबीच बहन नै सुरु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्