Logo

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र गरेको विमलेन्द्र निधिको आरोप, सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्तमान सरकारले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र गरेको आफूले थाहा पाएको भन्दै यस्तो निर्णय गरिए सरकारविरुद्ध मधेशमा आन्दोलन थाल्ने निधिको चेतावनी आएको हो ।

आज (आइतबार) बिहान जनकपुरधाम विमानस्थलमा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।”

सरकारले पुनःजनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र होइन यो सङ्घीय विरोधी कदम पनि हो ।” उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्