Logo

बान्द्रा रेलवे स्टेसनमा भागदौड मच्चिदा ९ जना घाइते

एजेन्सी– मुम्बईको बान्द्रा रेलवे स्टेसनको टर्मिनसमा आइतबार बिहान भागदौड भएको छ । भागदौडका कारण ९ जना यात्री घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

टर्मिनसको ९ को प्लेटफर्म नम्बर एकमा भागिदौड भएको थियो । घटना बिहान ६ बजेको भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चाडपर्वमा घर जान रेलवे स्टेसनमा ठुलो भीड थियो । राति करिब २ बजे देखि नै बान्द्रा–गोरखपुर एक्सप्रेस रेल बान्द्रा रेलवे स्टेसनमा मान्छेको चहलपहल सुरु भएको थियो ।

रेलभित्र चढ्न मानिसहरूले धक्कामुक्की सुरु गरे । त्यहाँ उपस्थित प्रहरीले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरेपनि स्थिति नियन्त्रण बाहिर गएको अनि भागिदौड मच्चिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्