Logo

बालिका बलात्कार मुद्दामा पक्राउ प्रहरी जवान हिरासतमै झुण्डिएको अवस्थामा भेटिए

रुपन्देही– जबरजस्ती करणीको मुद्दामा पक्राउ परी हिरासतमा रहेका सशस्त्र प्रहरी जवान मृत फेला परेका छन् । दाङमा हिरासतमा रहेका प्रहरी जवान रेवन पचभैया हिरासतमा नै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्युठान बडडाँडा घर भएका उनलाई केही दिन पहिले नाबालिग करणी आरोपमा भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो । सोपछि उनलाई वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । आज बिहान ५ बजे उनको शव फेला परेको हो।

दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।  सो आरोपसँगै शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै स्थानीयले लगातार १५ दिन आन्दोलन गरेका थिए । सोपछि मृत रेवनसहित दुई सशस्त्र प्रहरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथी अनुसन्धान भइरहेको क्रममा नै उनी मृत भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्