Logo

धनतेरशका दिन मात्र राष्ट्र बैंकले सुनको असर्फी बाँड्ने

 

काठमाडौं– तिहारको अवसर पारेर गत आइतबारदेखि नै चाँदीको सिक्का बिक्री गरेको नेपाल राष्ट्र बैंकले सुनको असर्फी भने बाँडेको छैन । यस्तै भोली धनतेरशका दिन एक दिन मात्रका लागि राष्ट्र बैंकले सुनको असर्फी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार एक दिनका लागि मात्र सुनका असर्फी बिक्री गर्ने भएको हो । मंगलबारको लागि सुनको मूल्य तोकिएपछि मात्रै नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य तोक्ने नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले बताए । र सोही मूल्यअनुसार मंगलबार सूनका असर्फी बिक्री हुनेछन् ।

तर राष्ट्र बैंकसँग सुनको असर्फी थोरै रहेको उनले बताए । बैंकसँग भएको असर्फी विक्री गरेर सकिएपछि असर्फी बिक्री गर्ने क्रम रोकिने उनले बताएका छन् ।

यस्तै चाँदीको सिक्का खरिद गर्नमा समेत ग्राहकहरुको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको उनले जानकारी दिए ।

लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्