Logo

प्रकाशमानको रास्वपालाई प्रश्नः ‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको दाबी गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।

‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ?’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिहरू हौं भन्नेहरूले कानुनको पालना गर्नुपर्ने पनि बताए। ‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?,’ उनले भने, ‘हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन्? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन ?’

सहकारी ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाइको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।

 

प्रतिक्रिया दिनुहोस्