Logo

एमालेले दानमा लिएको जग्गा भ्रष्टाचार हो कि होइन भन्दै अख्तियार प्रमुखलाई माओवादी सांसद्को प्रश्न

काठमाडौं– पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाको विषय संसद्मा समितिमा पनि पुगेको छ । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले यस विषय उठाएका हुन् ।

सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी भएका अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई माओवादी सांसद दुर्गा राईले एमालेले लिएको उक्त जग्गा भ्रष्टाचारभित्र पर्छ कि पर्दैन भनेर प्रश्न गरेकी छन् ।

उनले भनिन् ‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको रु भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको रु एम्नेष्टिले यसलाई भ्रष्टाचार भनेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार हो कि हैन रु’ ।

 

प्रतिक्रिया दिनुहोस्