Logo

नर्सिङ लाइसेन्स परिक्षा ४० प्रतिशत परिक्षार्थी पास

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये पाँच सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेका थिए । सोमध्ये ९५५ जना परिक्षामा सहभागी भएकोमा ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए। जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ । त्यसका लागि १ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

परिक्षाको नतिजा चित्त नबुझेर पुनर्योग गर्नुपरेमा इच्छुक परीक्षार्थीहरूले ३५ दिनभित्र आवेदन दिन सक्ने परिषद्ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्