Logo

दिल्ली उड्न लागेको एयर इण्डियाको जहाजमा बम राखेको हल्लापछि विमानको जाँच गरिँदै

काठमाडौं— एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ‌ओरालेर जाँच गर्न थालिएको छ । दिल्ली फर्किने तरखरमा रहेको एआई २१६ उडान नम्बरको विमानमा बम राखेको सूचना आएपछि जाँच थालिएको हो ।

दिल्ली जाने ५५ नेपालीसहित उक्त जहाजमा १ सय ५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरिरहेका छन् । गरेका हुन् ।

उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो । भारतबाटै काठमाडौंमा अवतरण भएको जहाजमा बम राखिएको भन्दै सूचना दिएपछि त्यसको जाँच सुरु गरिएको विमानस्थल स्रोतले बताएको छ । बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए ।

बम रहेको हल्लाकै कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको छ ।

यसअघि कात्तिक ६ मा भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला चलेको थियो ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको जहाजमा बम राखेको भनेर दिल्लीबाटै सूचना आएपछि विमानस्थलमा उडान–अवतरण रोकिएर उक्त विमानको सर्च गरिएको थियो । तर बिमानमा केही शंकास्पद बस्तु नभेटिएपछि विमानलाई दिल्ली उडानका लागि अनुमति दिइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्