Logo

अनुहार जलाइएको अवस्थामा महोत्तरीमा महिलाको शव फेला

जनकपुर– महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५–३० वर्षकी महिलाको शव फेला परेको हो । बिहान साढे ८ बजे उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको छ भने केही भाग जलेको छ । घटनास्थलको प्रकृतिले महिलाको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । न्छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । शवको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्