काठमाडौं– सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले सरकारको राजनीतिक प्रतिशोधविरुद्ध आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने तयारी गरेको हो । सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।
रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।
लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।
प्रतिक्रिया