काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सोमबार बस्नुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताको कारण आजका लागि सारिएको थियो । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार फायर बनेको छ ।
आजको बैठकले कुलमानलाई प्राधिकरणबाट मन्त्रालयमा तान्न सक्ने स्रोतको भनाइ छ । कुलमानलाई प्राधिकरणबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेसले पनि सहमति दिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया