काठमाडौं– बालुवाटारमा वृहत् प्रदर्शन गर्न गएका रास्वपाका केही कार्यकर्ता पक्राउ गरेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध गरिएको भनिएको रास्वपाको विरोध प्रदर्शन मंगलबाट दिउँसो १२ बजेबाट सुरु भएको थियो ।
विरोध सुरु हुनेबित्तिकै रास्वपाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार हुनेहरुमा रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, रास्वपाका सदस्यहरु खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जना रहेका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी विरुद्ध घोर भर्त्सना रहेको कावा बुर्लाकोटीले जनाएको छ । उनले भने, ‘
शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो। यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा एक्यबद्धता गर्न सम्पूर्ण देशप्रेमीहरुमा अपिल गर्दछौँ ।’
प्रतिक्रिया