काठमाडौं– विमानस्थल त्यस्तो ठाउँ हो, जहाँबाट आफ्ना प्रीयजन लामो समयसम्मको लागि टाढिन्छन् । त्यही बिमानस्थल लामो समयदेखि टाढिएका प्रीयजनसँग पुनर्मिलन गर्ने ठाउँ पनि बन्ने गर्छ । विमानस्थलमा हुने मिलन र बिछोडका समयमा हामी भावुक हुन्छौँ । त्यसैले बिदाई गर्दै भावुक भएर वा लामो समयपछि आफ्ना प्रीयजन भेटिएको खुसीमा अंकमाल गरिन्छ ।
अंकमालमार्फत भावना, खुसी, माया, आँसु सबै साँट्ने चलन छ । तर यहि भावना साँट्दा विमानस्थलमा भिडभाड हुने भन्दै न्युजिल्यान्डको एक विमानस्थलले अंकमाल गर्न निश्चित समयसिमा तोकिदिएको छ । त्यो बिमानस्थलमा ३ मिनेट भन्दा लामो समयसम्म अंकमाल गर्न नमिल्ने भन्दै समयसीमा तोकिएको छ । यदि त्यसभन्दा लामो समयसम्म अंकमाल गरेमा सजायसमेत हुने नियम उक्त विमानस्थलले बनाएको छ ।
स्विजरल्यान्डको डुनेडिनमा रहेको अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान तथा आगमन कक्षमा अंकमालका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको हो ।
विमानस्थलमा भिड कम गर्न तथा सुरक्षा व्यवस्थालाई बलियो बनाउन त्यस्तो नियम लागू गरिएको बताइएको छ । विमानस्थल व्यवस्थापनका अनुसार एयरपोर्टको ड्रपअफ क्षेत्रमा चेतावनी सन्देश राखिएका समेत हुन्छन् र त्यो उल्लंघन गरेमा जरिवानाको प्रावधान समेत रहेको छ ।
ड्रप अफ जोनमा धेरै भिड नलागोस् रसुरक्षाका कारणले पनि व्यर्थमा धेरै लामो समयसम्म नरोकिउन् भन्नका लागि अंकमाल गर्ने समयको अधिकतम सीमा राखिएको हो । त्यसबाट विमानस्थल तथा यात्रु र आगन्तुकको सुरक्षामा कुनै प्रकारको समस्या सिर्जना नहुने दाबी विमानस्थलका अधिकारीहरुको छ ।
विमानस्थलले २० सेकेन्डको आलिंगन व्यक्तिको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन गर्नका लागि पर्याप्त हुने जनाएको छ । त्यसभन्दा लामो अंकमाल वास्तवमै दिक्कलाग्दो हुने भन्दै आफ्ना परिवार तथा प्रियजनलाई विमानस्थलमा बिदाइ गर्न आएको समयमा भावनात्मक रुपमा अनावश्यक लामो समय लिनु लाभदायक नहुने विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया