काठमाडौं– सुनको भाउ तोलामा १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तय भएको हो ।
मंगलबारको तुलनामा आज प्रतितोला २२०० रुपैयाँले सुन महँगिएको छ । हिजो १ लाख ६८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीले प्रतितोला १५ रुपैयाँ बढ्द्ै नयाँ रेकर्ड राखेको छ । । बुधबारका २ हजार १२० रुपैयाँमा सुन कारोबार भइरहेको छ । मंगलबार दिन चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँ थियो ।
प्रतिक्रिया