Logo

रविसँगको बयान आज सक्ने कास्की प्रहरीको तयारी

फाइल तस्बिर

काठमाडौं– सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगको बयान आज सक्ने प्रहरीको तयारी छ । कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको स्रोतले जनाएको छ । पोखरामा आज बयान सकिएसँगै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।

पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारी ठगीमा पवि रवि जोडिएका छन् । तिहार लागेसँगै उनी केही दिन हिरासतमै रहनेछन् भने तिहारलगत्तै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्