धनराज गुरुङमाथी पनि अनुसन्धान हुने गृहमन्त्री लेखकको दाबी
काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टी (कांग्रेस) का उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले व्यक्ति हेरेर नभई तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।
उनले सञचारकर्मीहरुसँगको कुराकानीका क्रममा भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’