कांग्रेस–एमाले गठबन्धनप्रति भारत सकारात्मक


काठमाडौं– भारतले नेपालमा राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमालेकै अहिलेको गठबन्धनको निरन्तरता चाहेको छ । उर्जामन्त्री दीपक खड्काको हालैको भारत भ्रमणमा सहभागीहरुले जनाएअनुसार भारत नेपालमा राजनीतिक स्थायित्व होस भन्ने पक्षमा रहँदै आएको कुरा त्यहाँका अधिकारीले प्रकट गरेका थिए ।

भारतीय नेताहरुले कांग्रेस र एमालेजस्तो भरपर्दा राजनीतिक दलहरु मिलेर सरकार चलाएकोमा खुशी व्यक्त गरेका छन् । नेपालमा बलियो सरकार हुँदा काम गर्न सजिलो हुने भारतीय पक्षको बुझाई छ । नेपालमा अस्थिरता हुँदा त्यसको असर नेपाल–भारत सम्बन्धमा पनि देखिने गरेकोमा भारतीय पक्ष चिन्तित रहँदै आएको छ ।

तर, अहिले नेपालमा संसद्का दुई ठूला दल मिलेर सरकार बनाउँदा काम गर्न सजिलो हुने र नेपालको विकास निर्माणमा सहयोग गर्नपनि सहज हुने भारतीय पक्षहरुको बुझाई छ । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै भ्रमणमा बोलाउने तयारी गरेको छ । उर्जामन्त्री खड्काको भ्रमणमा सहभागी एकले भने,‘भारत नेपालमा अहिले बनेको सरकारप्रति सकारात्मक छ । उसले यही गठबन्धनको निरन्तरता चाहेको छ ।’ ाष्भि उजयतय